२२ माघ २०८२, बुधबार । February 4, 2026

विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने सरकारको घोषणा



काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न कानुनी र नीतिगत व्यवस्था गर्ने तयारी गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममार्फत विद्यालय शिक्षामा सुधार ल्याउन विशेष पहल गरिने बताए। ‘विद्यालय शिक्षामा देखा परेका समस्याहरू समाधान गर्न नीति र कानुन निर्माण गरिनेछ,’ राष्ट्रपति पौडेलले सम्बोधनमा उल्लेख गरे।

उनले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउँदै ज्ञानको विकासतर्फ अग्रसर गरिने घोषणा पनि गरे। ‘अब विश्वविद्यालय शिक्षा केवल पढाइमा सीमित नरही अनुसन्धान केन्द्रित बन्नेछ,’ उनले भने। सरकारले उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षालाई प्राथमिकतामा राख्ने समेत जनाएको छ। यस्तै, पाठ्यक्रममा आवश्यक सुधार गरी समयसापेक्ष बनाउने नीति पनि सार्वजनिक गरिएको छ।

यस नीतिले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिसँगै व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षाको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल