काठमाडौं । सरकार अब केन्द्र, प्रदेश र स्थानीय तहका दोहोरिएका योजनालाई अन्त्य गर्दै एकीकृत परियोजना बैंक लागू गर्ने तयारीमा जुटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, तीनवटै तहका सरकारबीचको समन्वयलाई सुदृढ बनाउन यो कदम चालिने जानकारी दिए । उनका अनुसार संघ, प्रदेश र स्थानीय तहबीचको एकल तथा साझा अधिकारहरूको सूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।
यससँगै योजनाको दोहोरोपन हटाएर स्रोत साधनको उपयोग दक्षतापूर्वक गर्ने सरकारको लक्ष्य छ ।







प्रतिक्रिया