२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

मुम्बईको लगातार छैटौं जित ! राजस्थान प्लेअफ दौडबाट बाहिरियो


१९ बैशाख २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले लगातार छैटौं जित हात पार्दै प्लेअफ यात्राको ढोका झनै फराकिलो बनाएको छ।

बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई विशाल १०० रनको अन्तरले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। २१८ रनको पहाडजस्तै लक्ष्य पछ्याउने क्रममा राजस्थान १६.१ ओभरमै ११७ रनमा समेटिएको हो। जोफ्रा आर्चरले ३० रन बनाए भने कप्तान रियान परागले १६ रन जोडे।

मुम्बईका बलरहरूले आक्रामक प्रदर्शन गर्दै राजस्थानको ब्याटिङ लाइन ध्वस्त बनाएका थिए। ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान ३-३ विकेट लिए भने बुमराहले २, दीपक चहर र हार्दिक पान्ड्याले १-१ विकेट झारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा मात्र २ विकेट गुमाउँदै २१७ रनको सानदार स्कोर बनाएको थियो।

ओपनर रोहित शर्मा (५३ रन) र रायन रिकेल्टन (६१ रन) ले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै टीमलाई बलियो सुरुवात दिलाए। त्यसपछि हार्दिक पाण्ड्या र सूर्यकुमार यादवले ९४ रनको अविजित साझेदारी गर्दै टोलीलाई विशाल योगफलमा पुर्‍याए। उनीहरू दुवै ४८–४८ रनमा अविजित रहे।

राजस्थानका लागि महिष थिक्साना र रियान परागले एक–एक विकेट लिए। यो जितसँगै मुम्बईले ११ खेलबाट १४ अंक जोड्दै तालिकाको शिखरमा स्थान बनाएको छ। अर्कोतर्फ, राजस्थान ११ खेलबाट मात्र ६ अंकमा सिमित रहँदै प्लेअफ होडबाट बाहिरिने दोस्रो टिम बनिसकेको छ।

यसअघि चेन्नई बुधबार नै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ