२ कार्तिक २०८३, सोमबार । October 19, 2026

कक्षा १२ को परीक्षा वैशाख २१ बाटै, भ्रामक सूचनाप्रति बोर्डको आपत्ति


१९ बैशाख २०८२, शुक्रबार  

72
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको नयाँ मितिअनुसार यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने पक्का गरेको छ।

बोर्डले परीक्षा सम्बन्धी सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै विद्यार्थी तथा अभिभावकलाई त्यस्ता सूचनाको पछाडि नलाग्न स्पष्ट आग्रह गरेको छ। यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तालिका तय गरिएको भए पनि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षा सारिएको थियो।

तर, पछिल्लो सहमतिपछि अब परीक्षा निर्धारित केन्द्रहरूमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन हुने बोर्डले जानकारी दिएको छ। बोर्डले आफ्नो कुनै आधिकारिक फेसबुक पेज नरहेको बताउँदै सबै सूचना केवल आधिकारिक वेबसाइटमार्फत मात्र सार्वजनिक हुने जनाएको छ।

साथै, बोर्डले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण परीक्षा केन्द्रहरूमा परीक्षा मर्यादित रूपमा सम्पन्न गराउन केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवालालाई सहकार्यका लागि अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि