२२ माघ २०८२, बुधबार । February 4, 2026

कक्षा १२ को परीक्षा वैशाख २१ बाटै, भ्रामक सूचनाप्रति बोर्डको आपत्ति



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको नयाँ मितिअनुसार यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने पक्का गरेको छ।

बोर्डले परीक्षा सम्बन्धी सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै विद्यार्थी तथा अभिभावकलाई त्यस्ता सूचनाको पछाडि नलाग्न स्पष्ट आग्रह गरेको छ। यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तालिका तय गरिएको भए पनि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षा सारिएको थियो।

तर, पछिल्लो सहमतिपछि अब परीक्षा निर्धारित केन्द्रहरूमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन हुने बोर्डले जानकारी दिएको छ। बोर्डले आफ्नो कुनै आधिकारिक फेसबुक पेज नरहेको बताउँदै सबै सूचना केवल आधिकारिक वेबसाइटमार्फत मात्र सार्वजनिक हुने जनाएको छ।

साथै, बोर्डले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण परीक्षा केन्द्रहरूमा परीक्षा मर्यादित रूपमा सम्पन्न गराउन केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवालालाई सहकार्यका लागि अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल