२७ बैशाख २०८२, शनिबार । May 10, 2025

काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति



काठमाडौं । काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन्  ।

मंगलवार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन् । हंगेरीको स्थानीय गीत–संगीतको प्रस्तुति बेजोड देखिएको थियो । हंगेरीको लोकसंस्कृति प्रदर्शसनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो  ।

सन् २०१८ मा स्थापना भएको संस्थाले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई बिस्तार गर्न यो कार्यक्रमको आयोजना भएको वरिष्ठ कलाकार कृष्ण मल्लले बताए । उनले दुई देशबीचको संस्कृति आदान–प्रदान गरी सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने बताए । संगीतले सबै क्षेत्र र समुदायलाई एकसाथमा समेट्ने भएकोले संगीत कुनै भाषा र शब्दमा समेट्न जरुरी नरहेको बताए ।

‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारलाई नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सको तर्फबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप