२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

आईपीएलः पञ्जाबलाई ठूलो झट्का ! ग्लेन म्याक्सवेल बाहिरिए



एजेन्सी । आईपीएल २०२५ को रोमाञ्चक यात्राबीच पञ्जाब किंग्सका प्रमुख अलराउन्डर ग्लेन म्याक्सवेल सिजनको बाँकी खेल गुमाउने भएका छन्।

दाहिने हातको औंलामा चोट लागेपछि म्याक्सवेल प्रतियोगिताबाट बाहिरिएको पञ्जाबका कप्तान श्रेयस अय्यरले पुष्टि गरेका छन्। कप्तान अय्यरका अनुसार हाल म्याक्सवेलको स्थानमा नयाँ खेलाडी भित्र्याउनेबारे कुनै योजना बनाइएको छैन। म्याक्सवेल यो सिजन खासै लयमा देखिएका थिएनन्-६ इनिङ्समा उनले जम्मा ४८ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट मात्र लिन सकेका थिए। विशेषगरी पछिल्ला चार खेलमा उनले दोहोरो अंकमा रन बनाउनसमेत नसकेका थिए।

पञ्जाबले उनलाई पछिल्लो मेगा अक्सनमा ४.२ करोड भारतीय रुपैयाँमा टिममा समावेश गरेको थियो। म्याक्सवेल बाहिरिएसँगै पञ्जाब दोस्रो चोटपिडित खेलाडी गुमाएको छ-यसअघि लकी फर्ग्युसन पनि चोटका कारण टिमबाट बाहिरिएका थिए।

यद्यपि, बुधबारको खेलमा चेन्नईलाई पराजित गर्दै पञ्जाब किंग्सले अंक तालिकामा दोस्रो स्थानमा मजबुत पकड जमाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको