१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

शिक्षक आन्दोलन रोकियो, कर्मचारी असन्तुष्ट



काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले कडा विरोध जनाएको छ।

बुधबार राजधानीमा आयोजित जानकारीमूलक कार्यक्रममा कर्मचारीहरुले आफूहरूको माग बेवास्ता भएको भन्दै तीव्र नाराबाजी गरे। कार्यक्रममा बोल्दै परिषद्की सहअध्यक्ष नानुमाया पराजुलीले विद्यालय कर्मचारीको सरोकार समेट्न सरकारले चासो नदेखाएको आरोप लगाइन्। “सरकारसँगको सहमति आन्दोलनको परिणाम हो, तर कर्मचारीहरूको मागलाई उपेक्षा गरिएको छ,” उनले भनिन्।

उनका अनुसार विद्यालय शिक्षा ऐन जारी गर्ने, समग्र शिक्षक र कर्मचारीका अधिकार सुनिश्चित गर्ने लगायतका मागहरू सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहनेछ। पराजुलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सहमतिका बुँदाहरू चाँडै पारित गराउन दबाब दिने चेतावनीसमेत दिइन्।

गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन बुधबार ९ बुँदे सहमतिपछि स्थगित गरिएको भए पनि, विद्यालय कर्मचारी भने अझैपनि असन्तुष्ट छन्। उनीहरूले आफूहरूलाई आन्दोलनबाट अलग गरिएजस्तो अनुभूति भएको बताएका छन्। यद्यपि महासंघले समग्र शिक्षक समुदायको उर्जाबाट सहमति सम्भव भएको दाबी गरे पनि, विद्यालय कर्मचारीहरूका माग अलग्गै सुनिनु पर्ने माग गर्दै संघर्षको नयाँ चरण सुरु गर्ने चेतावनी दिइरहेका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको