४ असार २०८३, बिहिबार । June 18, 2026

काठमाडौंमा बिहानैदेखि लगातार बर्षा, हवाई उडान प्रभावित


१८ बैशाख २०८२, बिहिबार  

42
Shares

काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।

बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको असरले देशभरको मौसम प्रभावित भएको मौसमविद्हरुरुले बताएका छन् । हाल काठमाडौंमा हल्का वर्षा भइरहेको भए पनि आकाश पूरै धुम्म छ। यसले गर्दा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा असर परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरूमा ढिलाइ भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनसम्म देशका धेरैजसो भागमा बदली र वर्षाको सम्भावना छ। बागमती, कोशी, र मधेस प्रदेशका विभिन्न जिल्लामा बिहानैदेखि पानी परिरहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले सतर्क रहन अनुरोध गरिएको छ।

सामान्य बदली जस्तो देखिए पनि मौसमले यात्रुहरूलाई सास्ती दिएको छ। आगामी केही दिन यात्रा योजना बनाउँदा मौसमको पूर्वानुमानअनुसार सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा