२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मिसिन गन बोकेर मैदानमा छौँः कुनाबाट गुलेली नचलाउनूस्ः प्रमुख थपलिया



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन् ।

बुधवार आयोगको कार्यालयमा युवाहरुसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरुको साथ आवश्यक रहेको बताए । उनले आयोग निर्वाचन स्वतन्त्र, भयरहीत, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरुपी मिसिन गन बोकेर मैदानमा खटेको बताए । उनले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गरे ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रुपमा गुलेली नचलाउन चेतावनी दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको महाअभियानमा अब सबै सरिक भइ महासागरमा मिसिने खहरेहरुलाई पनि सँगै लैजान आवश्यक रहेको बताए । उनले निर्वाचनको बिरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलहरुप्रति लक्षित गर्दै खहरेहरु महासागरमा मिसिँदा केही धमिलो भएपनि मंसिर ४ पछि आफैँ संग्लिएर जाने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेपनि आयोगले भने तीन दिन अघिबाट मात्रै मदिरा बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्न आग्रह गरेको बताए । उनले यसमा युवाहरुले आयोगको आग्रहलाई आम नागरिक समक्ष सचेत गराउनुपर्ने बताए । थपलियाले हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्या भन्दा पराजित हुनेको संख्या ठूलो हुने भन्दै युवाहरुले पराजित भएका उम्मेदवारहरुलाई पनि अंकमाल गरेर अघि बढ्नसक्ने वातावरण समाजमा निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले सामाजिक संघसंस्थाले मंसिर ४ गतेलाई मात्र नभइ त्यसपछिको नतिजाको परिणामलाई पनि आत्मसाथ गरेर अघि बढ्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी रहेको बताए । कार्यक्रममा युवाहरुले निरक्षर मतादाहरुमा मतदाता शिक्षा दिन आवश्यक रहेको धारणा राखे । त्यस्तै उनीहरुले निर्वाचन केन्द्र अपाङ्गतामैत्री, वृद्धवृद्धामैत्री बनाउन र निर्वाचन केन्द्रमा अशक्तहरुको लागि मतदान गर्ने छुट्टै व्यवस्थापन गर्न जोड दिए । उनीहरुले युवाहरुलाई मतदाता शिक्षा सञ्चालन गर्न दिए मत बदर हुने सम्भावना कम हुने बताए । युवाहरुले विद्युतीय मतदान प्रणालीमा जान अत्यावश्यक भइसकेको पनि बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको