२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन



काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख हेर्ने’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

जीवन दिनुहुने आमाप्रति सम्मान प्रकट गर्दै मीठा–मीठा परिकारहरू खान दिएर र राम्रो लुगा लगाइदिएर आजको दिन विशेष रूपमा मनाइने चलन रहिआएको छ। शास्त्रअनुसार, आमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहनुहुन्छ। आमाबाट आशीर्वाद थापेर जीवनमा सुख, समृद्धि र सफलताको कामना गरिन्छ।

छोराछोरीहरू आज बिहानै उठी स्नान गरी आमालाई स्नेहपूर्वक विभिन्न परिकारहरू अर्पण गर्दै आशीर्वाद लिन्छन्। आमा दिवङ्गत भएका सन्तानहरूले भने तर्पण, पिण्डदान तथा सिदादान गरेर दिवङ्गत आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दछन्। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, वैदिक सनातन परम्परामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको छ, जसले जन्म दिने आमा र जन्मभूमिको महत्त्व स्वर्गभन्दा पनि उच्च रहेको स्पष्ट पार्छ।

आमाले सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी अमूल्य जीवन दिने भएकाले उहाँप्रतिको ऋण शब्दले पनि चुकाउन नसकिने बताइन्छ। त्यसैले जीवित आमालाई खुसी बनाउने र दिवङ्गत आमाको सम्झनामा श्रद्धापूर्वक तर्पण र दान गरिने चलन रहेको छ। यसै अवसरमा काठमाडौँको मातातीर्थमा आज विशेष मेला पनि लागेको छ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीका अनुसार, मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसैबीच, केही स्थानहरूमा सूर्यग्रहण तथा गुरु अस्तको कारण आज आमाको मुख हेर्न नहुने भन्ने अफवाह फैलिएको भए पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले त्यसलाई असत्य बताएको छ।

समितिका अनुसार, आज आमाको मुख हेर्न र श्रद्धा प्रकट गर्न कुनै बाधा छैन। आमाको अमूल्य योगदान र माया सम्झँदै आजको दिन प्रेम, श्रद्धा र कृतज्ञताका साथ मनाइँदैछ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको