७ चैत्र २०८२, शनिबार । March 22, 2026

मुम्बईको पाँचौं जित, हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो


११ बैशाख २०८२, बिहिबार  

45
Shares

एजेन्सी । आईपीएल २०२५ अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दमदार प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ।

यस जितसँगै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रनको मध्यम लक्ष्य प्रस्तुत गर्‍यो। सुरुआती धक्का खेपेको हैदराबादले १३ रनमै ४ विकेट गुमायो भने ३५ रन हुँदा आधा टिम पवेलियन फर्किसकेको थियो।

त्यसपछि हेनरिच क्लासेन (७१ रन) र अभिनव मनोहर (४३ रन) को शानदार साझेदारीले टोलीलाई सम्हाल्दै ९९ रनको योगदान दिए। तर मुम्बईको बलिङ निकै प्रभावशाली रह्यो। ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। दीपक चहरले ४ ओभरमा जम्मा १२ रन दिँदै २ विकेट लिए, भने हार्दिक पान्ड्या र जसप्रित बुमराहले पनि १/१ विकेट लिए। १४४ रनको लक्ष्य पछ्याउँदै मुम्बईले १५.४ ओभरमै मात्र ३ विकेट गुमाएर सजिलै जित हात पारे।

ओपनर रोहित शर्माले ७० रनको शान्दार इनिङ्स खेले भने सूर्यकुमार यादव ४० रनमा अविजित रहे। यस जितसँगै मुम्बईले ९ खेलबाट १० अंक बनाएको छ र तेस्रो स्थानमा उक्लिएको छ।

भने हैदराबादले ८ खेलमा केवल ४ अंक जोड्दै नवौं स्थानमै यथावत् छ, जसले गर्दा प्लेअफको दौडमा हैदराबाद पछाडि परेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो