२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

मुम्बईको पाँचौं जित, हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो



एजेन्सी । आईपीएल २०२५ अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दमदार प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ।

यस जितसँगै मुम्बई अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रनको मध्यम लक्ष्य प्रस्तुत गर्‍यो। सुरुआती धक्का खेपेको हैदराबादले १३ रनमै ४ विकेट गुमायो भने ३५ रन हुँदा आधा टिम पवेलियन फर्किसकेको थियो।

त्यसपछि हेनरिच क्लासेन (७१ रन) र अभिनव मनोहर (४३ रन) को शानदार साझेदारीले टोलीलाई सम्हाल्दै ९९ रनको योगदान दिए। तर मुम्बईको बलिङ निकै प्रभावशाली रह्यो। ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। दीपक चहरले ४ ओभरमा जम्मा १२ रन दिँदै २ विकेट लिए, भने हार्दिक पान्ड्या र जसप्रित बुमराहले पनि १/१ विकेट लिए। १४४ रनको लक्ष्य पछ्याउँदै मुम्बईले १५.४ ओभरमै मात्र ३ विकेट गुमाएर सजिलै जित हात पारे।

ओपनर रोहित शर्माले ७० रनको शान्दार इनिङ्स खेले भने सूर्यकुमार यादव ४० रनमा अविजित रहे। यस जितसँगै मुम्बईले ९ खेलबाट १० अंक बनाएको छ र तेस्रो स्थानमा उक्लिएको छ।

भने हैदराबादले ८ खेलमा केवल ४ अंक जोड्दै नवौं स्थानमै यथावत् छ, जसले गर्दा प्लेअफको दौडमा हैदराबाद पछाडि परेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको