२२ माघ २०८२, बुधबार । February 4, 2026

कश्मीर आतंकवादी आक्रमणः बुटवलका सुदीप न्यौपानेको शव नेपाल ल्याइयो



बुटवल । भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपाको पार्थिव शरीर नेपाल ल्याइएको छ।

२७ वर्षीय सुदीप आफ्नो आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित घुमघामको लागि ‘मिनी स्वीट्जरल्यान्ड’ भनिने वैसरण उपत्यका पुगेका थिए। तर मंगलबार दिउँसोको रमाइलो घुमफिर अचानक दुःखद दुर्घटनामा परिणत भयो। बन्दुकधारी आतंकवादीको अचानो हमलामा परी सुदीपले ज्यान गुमाए, भने बाँकी परिवारका सदस्यहरू भागेर ज्यान जोगाउन सफल भए।

भाग्ने क्रममा सुदीपकी आमा रिमाकला सामान्य घाइते भइन्। सुदीपको पार्थिव शरीर नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्ग हुँदै, त्यसपछि सडकमार्ग हुँदै बिहीबार बिहान बेलहिया नाका ल्याइएको थियो। रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरका अनुसार शवलाई अब बुटवलस्थित निजको निवाससम्म पुर्‍याइनेछ।

सुदीप बुटवल उपमहानगरपालिका–११ कालीकानगरमा आमासँग बस्दै आएका थिए। उनी पूर्वतर्फको बुटवल–१४ बेलभरियामा हुर्किएका थिए भने पुर्ख्यौली घर पाल्पाको बगनासकाली गाउँपालिका–४ मा रहेको छ। उक्त घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको भारतीय समाचार संस्थाहरूले जनाएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक समेत थिए।

सुदीपका पिता ध्रुव न्यौपाने शिक्षण पेशामा आबद्ध छन् र काठमाडौंमा शिक्षक आन्दोलनमा सहभागी भइरहेका बेला छोराको निधनको खबर पाएका थिए। यो हृदयविदारक घटनाले सिंगो समुदाय शोकमा डुबेको छ।

सुदीपको सम्झनामा स्थानीयस्तरमा श्रद्धाञ्जली सभा आयोजना गरिने तयारी भइरहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल