५ बैशाख २०८३, शनिबार । April 18, 2026

मौसमको दोहोरी सुरुः आज बर्षा र हिमपातको सम्भावना


१० बैशाख २०८२, बुधबार  

252
Shares

काठमाडौं । देशमा हाल पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छ, जसका कारण विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको तराई तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अहिले केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यसका साथै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ, जुन अवस्था राति पनि जारी रहने अनुमान गरिएको छ।

मौसमको यस प्रकारको प्रभावले कृषि, सडक तथा हवाई यातायात, जनजीवन र स्वास्थ्य क्षेत्रमा असर पार्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित