२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आइपीएलः जितको शिखरमा दिल्ली ! राहुल र पोरेलको ब्याटिङले लखनउ धराशायी


१० बैशाख २०८२, बुधबार  

93
Shares

एजेन्सी । केएल राहुल र अभिषेक पोरेलको उत्कृष्ट अर्धशतकको मद्दतले दिल्ली क्यापिटल्सले आइपीएल २०२५ मा छैटौं जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो। लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १८ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। केएल राहुलले अविजित ५७ रन र अभिषेक पोरेलले ५१ रन बनाए। कप्तान अक्षर पटेल पनि ३४ रनमा अविजित रहे। लखनउका लागि दुई विकेट एइडेन मार्क्रमले झारे।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन जोड्यो। एइडेन मार्क्रमले ५२ रन, मिचेल मार्शले ४५ रन र आयुष बदोनीले ३६ रनको योगदान दिए। सुरुवात बलियो भए पनि अन्त्यतिर रनको गतिमा गिरावट आएपछि लखनउ सन्तोषजनक स्कोर बनाउन चुक्यो ।

दिल्लीका लागि मुकेश कुमार सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा ३३ रन दिँदै ४ विकेट लिए। मिचेल स्टार्क र दुस्मान्था चमीराले १-१ विकेट हात पारे । यो जितपछि दिल्ली क्यापिटल्स ८ खेलमा १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

लखनउ सुपर जायन्ट्स भने ९ खेलमा १० अंक बटुल्दै पाँचौं स्थानमा कायम छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ