१ आश्विन २०८३, बिहिबार । September 18, 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट अब संयुक्त इजलासमा


९ बैशाख २०८२, मंगलबार  

12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) सम्बन्धी रिट अब सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएपछि उक्त रिटलाई संयुक्त इजलासमा पठाउन आदेश दिइएको हो। अब यो मुद्दाको सुनुवाइका लागि संयुक्त इजलासको पेशी तोकिनेछ। लामिछाने हाल बुटवल उच्च अदालतको आदेशअनुसार सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्।

उनी गैरकानुनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ