२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

थुनाको भित्ता पछाडिबाट सर्वोच्चसम्मको लडाइँ ! आज छुट्लान रवि ?


९ बैशाख २०८२, मंगलबार  

96
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

सर्वोच्चले उक्त मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको छ । रिट प्राथमिकतामा परेको हुँदा पहिलो नम्बरमै सुनुवाइ हुने बताइएको छ । यसअघि सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी परेपनि ‘हेर्न नमिल्ने’ कारण देखाएर स्थगित गरिएको थियो ।

सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि लामिछानेले उक्त आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

सोही निवेदनको सन्दर्भमा सर्वोच्चले जिल्ला र उच्च अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ