१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात


९ बैशाख २०८२, मंगलबार  

9
Shares

काठमाडौं। बनेपा नगरपालिकाले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ‘सेक्योस अनलाइन प्रणाली’को सुरुआत गरेको छ।

यो प्रणाली नेपालमा पहिलोपटक बनेपामा सञ्चालनमा ल्याइएको हो, जसले सहकारी संस्थाका शासकीय, वित्तीय, र अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न मद्दत पुर्याउनेछ। यसअघि अफलाइन रूपमा प्रयोग हुँदै आएको यो प्रणालीलाई अब डिजिटल स्वरूपमा रूपान्तरण गर्दै विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उक्त प्रणालीको उद्घाटन गर्दै, यसलाई विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे। नगर प्रमुख शाक्यले उक्त कार्यक्रममा भने, “बनेपा नगरपालिकामा विगतमा सहकारीहरू बेपत्ता भएका छन्, कतिपय संस्थाहरू झोलामा सीमित भएका छन् र सूचना प्रणाली कमजोर भएकोले पारदर्शिता नदेखिएको थियो।

यसै कारणले नयाँ प्रविधिको प्रयोग गरि सहकारी क्षेत्रको समस्याहरू न्यूनीकरण गर्ने उद्देश्य राखेको हो।” विन्धबासिनी साकोसलाई देशकै नमुना संस्था भएको उल्लेख गर्दै शाक्यले यो प्रणाली लागू गर्ने पहिलो सहकारी बन्न सफल भएकोमा धन्यवाद समेत व्यक्त गरे। यस प्रणालीमार्फत विन्धबासिनी साकोसको ४५औं सञ्चालक समिति बैठक पनि सम्पन्न भएको थियो।

बनेपा नगरपालिका सामाजिक तथा सहकारी शाखाका अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिए अनुसार, नगरका सबै सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा यो अनलाइन प्रणालीमा आबद्ध गरिएको छ। हालसम्म १०० भन्दा बढी सहकारी संस्थाहरू यस प्रणालीमा समावेश भइसकेका छन्, र अन्य संस्थाहरूलाई पनि जोड्ने प्रक्रिया जारी रहेको छ।

पोखरेलले भने, “सहकारी क्षेत्रमा देखिएका समस्याहरू-जस्तै बचतकर्ताहरूको कमजोर अवस्था, पदाधिकारीहरूको लापरवाही र नियामक निकायहरूको बेवास्ता-यी सबैलाई सुधार्नका लागि यो प्रणाली अत्यन्त महत्वपूर्ण साबित हुनेछ।” बनेपा नगरपालिकाले प्रस्तुत गरेको यो प्रणालीलाई सहकारी संस्थाको स्वःमूल्यांकन गर्ने आधुनिक प्रविधिका रूपमा परिभाषित गरिएको छ।

यस प्रणालीले २७ वटा सूचकांकका आधारमा सहकारीहरूको मूल्यांकन गर्नेछ, जसले संस्थाको वास्तविक अवस्था र पारदर्शिता प्रकट गर्नेछ। उद्घाटन कार्यक्रममा बनेपा नगरपालिका र विन्धबासिनी साकोसका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ