२ बैशाख २०८३, बुधबार । April 15, 2026

कक्षा १२ को परीक्षा अन्योलमा ! आज बोर्ड बैठक बस्दै


९ बैशाख २०८२, मंगलबार  

18
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ।

विशेषगरी कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार बैठक केही समयमै सुरु हुने छ र कक्षा १२ को परीक्षा नियमित रूपमा सञ्चालन गर्ने वा स्थगित गर्ने सम्बन्धमा ठोस निर्णय लिइनेछ। यसैबीच शिक्षा क्षेत्रमा आन्दोलन चर्किंदै गएको छ।

शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू निरन्तर आन्दोलनमा छन्। शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी छ। शिक्षकहरू माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरिरहेका छन्। सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

शिक्षकहरूले १८ किसिमका शिक्षक पदलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने, शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

उनीहरूले माग पुरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडान लिएका छन्, जसले परीक्षाको भविष्य अझ अनिश्चित बनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व