२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

प्युठानमा जिप दुर्घटना ३ जनाको मृत्यु, १२ जना घाइते


२३ कार्तिक २०७९, बुधबार  

6
Shares

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

१२ जना घाइते भएका छन्। गए राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको थियो । लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा मैया घर्ती, खुमन थापा र बच्ची थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्युठान नगरपालिका ५ खैराबाट जिप पूर्णगाउँ जाँदै गर्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका- ५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरीकुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् ।

जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ