४ असार २०८३, बिहिबार । June 18, 2026

पाथीभरा यात्रामा भयावह दुर्घटना: बलेरोमा आगलागी, चारको ज्यान गयो


८ बैशाख २०८२, सोमबार  

114
Shares

ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शनका लागि फुङ्लिङबाट गइरहेको एक बलेरो गाडीमा अचानक आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा मे १च ३०११ नम्बरको बलेरो गाडीमा एक्कासि आगो लागेको हो। प्रहरीका सूचना अधिकारी विवेक बस्नेतले दिएको जानकारी अनुसार आगलागीमा परी ज्यान गुमाउनेमा ललितपुर–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल तथा गाडी चालक फुङ्लिङ–१० का ४२ वर्षीय दुर्गा भट्टराई छन्।

घाइते हुनेमा ललितपुर–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य रहेका छन्। उनीहरूको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार सडकमा खसेको विद्युत् तारमा गाडी अल्झिँदा आगो लागेको हो। बिहान करिब ५ बजे घटना भएको जनाइएको छ।

खबर पाउनासाथ प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जना प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा