५ बैशाख २०८३, शनिबार । April 18, 2026

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित


४ बैशाख २०८२, बिहिबार  

21
Shares

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन्।

उनी गम्भीर र जटिल विषयहरूलाई सरल भाषामा प्रस्तुत गर्ने शैलीका लागि चिनिन्छन्। सोसल मिडियामा फैलाइएका गलत जानकारीहरूको पर्दाफास गर्ने उनकी रिपोर्टिङ शैलीलाई पनि आयोजकले प्रशंसा गरेका छन्।

नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर र सांसद राजेन्द्र पाण्डेले संयुक्त रूपमा उनलाई सम्मान–पत्र प्रदान गरेका थिए।

पछिल्ला पाँच वर्षदेखि शिलापत्र डटकमसँग आबद्ध कुँवर विशेषतः सोसल मिडिया, बालबालिका र अल्पसंख्यक समुदायबारे रिपोर्टिङ गर्दै आएका छन्। हालै मात्र, उनले राष्ट्रिय डिजिटल पत्रकारिता अवार्ड २०८१ पनि प्राप्त गरेका थिए।

नेसनल क्यापिटल अवार्डले पत्रकारिता मात्र होइन, समाजसेवा, कला र व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई समेत सम्मान गर्ने परम्परा कायम राखेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित