२२ बैशाख २०८२, सोमबार । May 5, 2025

भारत–चीनसँग सन्तुलित सम्बन्ध बनाएँ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत उठाएँ: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहँदा नेपालले भारत र चीनसँग सन्तुलित र सकारात्मक सम्बन्ध विस्तार गरेको दाबी गरेका छन्।

हुलाकी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ अन्तर्गत नवलपुरको कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यो दाबी गरेका हुन्।

“मेरो कार्यकालमा छिमेकी हिन्दुस्तान र चाइनासँग राम्रो सन्तुलित सम्बन्ध विस्तार भयो। थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णयहरू गरियो,” उनले भने।

प्रचण्डले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले गर्व गर्न लायक उपस्थिति जनाएको दाबी गरे। “संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको आवाज बुलन्द गरियो,” उनले स्मरण गरे।

उनका अनुसार त्यतिबेला नेपाल ४७ विकासशील राष्ट्रहरूको समूहको अध्यक्ष रहेको र आफूले अध्यक्षको भूमिकामा विश्व मञ्चमा गरिब मुलुकहरूको मुद्दा प्रभावकारी रूपमा उठाएको थियो। “नेपाली जनताको सम्मान र राष्ट्रिय प्रतिष्ठा उच्च बनाउने काम भयो,” उनले जोड दिए।

तर, उनले राम्रो काम भइरहेका बेला सरकार गिराउन बिचौलिया र भ्रष्ट समूह सक्रिय भएको आरोप पनि लगाए। “भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्याय र आर्थिक विकासका कार्यक्रमहरू चलाइरहँदा दलाल र बिचौलियाले मलाई बाहिर जान बाध्य बनाए,” प्रचण्डको गुनासो थियो।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदमा नीति कार्यक्रममाथि छलफल आजदेखि

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्ष

चेल्सीको धमाकेदार जित, च्याम्पियन्स लिगको दौड रोमाञ्चक

काठमाडौं । आइतबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको प्रिमियर लिगको रोमाञ्चक

पञ्जाब किङ्सको धमाकेदार जित, प्लेअफ नजिकिँदै-लखनउ पराजित

काठमाडौं । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा

कति छ सोमबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबारका लागि अमेरिकी

वर्षा, मेघगर्जन र हिमपातको सम्भावनाः सावधानी अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको