२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

किन जान्छ झ्याप-झ्याप बिजुली ? यस्तो छ कारण


२ बैशाख २०८२, मंगलबार  

54
Shares

काठमाडौं । हालै देशका विभिन्न भागमा आएको प्रि-मनसुनको हावाहुरीका कारण छोटो समयका लागि विद्युत् आपूर्ति अवरुद्ध भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न नेपाल विद्युत् प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा, अस्थायी रूपमा विद्युत् सेवा रोकिएको अवस्था लोडसेडिङको भ्रममा फैलाइएकोप्रति ध्यानाकर्षण गराउँदै, यस्तो सूचनाले उपभोक्तामा अनावश्यक भ्रम सिर्जना गरिरहेको उल्लेख छ।

‘हावाहुरीका कारण कतिपय क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको भए पनि हाम्रो टोलीले वितरण केन्द्रहरूबाट तत्कालै मर्मत तथा सेवा पुनः सुचारु गर्ने कार्यमा निरन्तर खटिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरण आफ्ना ग्राहकहरूलाई नियमित, गुणस्तरीय र भरपर्दो सेवा दिन सधैं प्रतिवद्ध छ।’

विद्युत् संरचनामा आएको क्षतिका कारण पोल ढल्ने, तार लत्रिने जस्ता घटनाहरूले जनधनमा समेत क्षति पुर्‍याउन सक्ने भन्दै प्राधिकरणले उपभोक्तालाई सतर्क र सुरक्षित रहन पनि अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार, देशभरका अधिकांश प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनः सञ्चालन गरिएको छ। मौसम प्रतिकूल भए पनि प्राविधिक टोली दिनरात खटिई सेवा सुचारु गरिरहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ