२८ बैशाख २०८२, आइतबार । May 12, 2025

वीरगञ्जमा कर्फ्यू हटाइयो, सभा–जुलुसमा भने निषेध



पर्सा । शनिबार बेलुका दुई समूहबीच भएको झडपका कारण लगाइएको कर्फ्यू आदेश जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार राति १२ बजेदेखि हटाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगञ्ज महानगरभित्रको शान्ति सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको मूल्याङ्कन गर्दै सर्वपक्षीय छलफलपछि कर्फ्यू हटाउने निर्णय गरिएको जानकारी दिए। “स्थिति केही हदसम्म नियन्त्रणमा आइसकेको छ, त्यसैले आइतबार मध्यरातदेखि कर्फ्यू हटाइएको हो,” उनले बताए।

तर, अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै केही क्षेत्रहरूमा निषेधाज्ञा भने जारी गरिएको छ। प्रजिअ अर्यालका अनुसार, वैशाख १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म वीरगञ्ज महानगरको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियापुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कुनै प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) अनुसार जारी गरिएको हो। उक्त आदेशको उल्लंघन गर्ने जो–कोहीलाई कानुन बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी प्रशासनले दिएको छ। झडपको कारण शनिबार बेलुका ६:३० बजेदेखि कर्फ्यू लागू गरिएको थियो।

अवस्था केही सामान्य भए पनि संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सर्तसहित निषेधाज्ञा कायम राखेको हो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित