२३ माघ २०८२, बिहिबार । February 5, 2026

नयाँ वर्ष २०८२ः अध्यात्म, विज्ञान र उत्सवको एकता



काठमाडौं । आज वैशाख १ गते, विक्रम संवत् २०८२ को पहिलो दिन, सम्पूर्ण देशभर उत्साह र उमङ्गका साथ नयाँ वर्ष मनाइँदैछ।

परिवार, साथीसंगी, इष्टमित्रहरूबीच शुभकामना आदानप्रदान भइरहेको छ। आजको दिन विशेष किन भने, सूर्यले मीन राशिको भोग सकाएर मेष राशिमा प्रवेश गर्ने अर्थात् मेष सङ्क्रान्ति पनि यही दिन पर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार सूर्यको गतिसँगै चल्ने विक्रम संवत् शाश्वत छ र यसलाई विक्रमादित्य संवत् पनि भनिन्छ।

उनका अनुसार विक्रम संवत्मा सूर्यको गति र स्थितिका आधारमा वर्षको आरम्भ तथा अन्त्य निर्धारण गरिन्छ। यसमा शक संवत्का विशेषता र इस्वी संवत्का व्यावहारिक पक्ष समेत समेटिएका छन्। वैज्ञानिक दृष्टिले पनि जब सूर्य मेष राशिमा प्रवेश गर्छ, त्यसबेला नयाँ संवत्को आरम्भ हुन्छ। चान्द्रमान र सौरमानको समन्वय भएको यो संवत् पूर्ण रूपमा वैज्ञानिक छ।

विक्रम संवत्को इतिहास हेर्दा, कलि युग शुरू भएको तीन हजार ४४ वर्षपछि यो संवत् सुरु भएको मानिन्छ। नयाँ वर्षको दिन नेपालीहरू बिहानै उठेर नुहाउने, घर सफा गर्ने, पूजा–दर्शन गर्ने, मीठो खानेकुरा बनाउने र आफन्तजनहरूसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने परम्परा छ। देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन्। यता, चान्द्रमानअनुसार भने नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदाबाटै सुरु भइसकेको छ।

यस वर्ष चैत्र १७ गतेदेखि सिद्धार्थी नामक संवत्सर आरम्भ भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए। वैदिक सनातन परम्पराअनुसार ६० वटा संवत्सर घुम्दै–फिर्दै आउँछन्। यस संवत्सर चक्रको पहिलो संवत्सर प्रभव हो भने, अहिले चलिरहेको सिद्धार्थी ५३औं संवत्सर हो।

नयाँ वर्षमा हरेक व्यक्तिले विगत वर्षका कामहरूको समीक्षा गरी नयाँ योजनासहित अघि बढ्ने संकल्प गर्छन्। यही हो नयाँ वर्षको सार्थकता-आत्ममूल्यांकन, संकल्प, र सकारात्मकता।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल