२९ बैशाख २०८२, सोमबार । May 12, 2025

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?



काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

उक्त रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा पेशीमा परेको हो। यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश उल्ट्याउँदै लामिछानेलाई कारागार चलान गर्न निर्देशन दिएको थियो।

जिल्ला अदालत रुपन्देहीले भने उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशपछि हाल रवि लामिछाने रुपन्देही कारागारमा थुनामा छन्। अब सर्वोच्चको फैसलाले रविको भविष्यको कानुनी बाटो कोर्नेछ।

अदालतले फैसला कहिले सुनाउने भन्नेबारे भने जानकारी गराएको छैन।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व