२८ मंसिर २०८२, शनिबार । December 13, 2025

गुजरातको चार खेलको विजयी लयमा लखनउको झड्का



एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत शनिबार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको छ।

पछिल्ला चार खेलमा अपराजित रहेको गुजरातलाई यस पटक ३ बल बाँकी हुँदा लखनउले पराजित गरेको हो। खेलमा टस गुमाएर ब्याटिङमा झरेको गुजरातले प्रभावशाली सुरुआत गरे पनि अन्त्यतिर रनगति सुस्त भएपछि अपेक्षाकृत ठूलो योगफल खडा गर्न सकेन। निर्धारित २० ओभरमा उसले ६ विकेटको क्षतिमा १८० रन बनायो।

कप्तान शुभमन गिलले ३८ बलमा ६० रनको इनिङ्स खेले भने साइ सुदर्शनले ३७ बलमा ५६ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि १२० रनको साझेदारी भएको थियो, तर त्यसपछि टिमले बाँकी ओभरमा ६० रन मात्र जोड्न सक्यो। अन्य ब्याटरमध्ये सर्फन रुथफोर्डले २२, जोस बटलरले १६ तथा शाहरुख खानले अविजित ११ रन बनाए। लखनउका बलरहरू मध्ये सार्दुल ठाकुर र रभि विश्वइले समान २–२ विकेट लिएर गुजरातलाई नियन्त्रणमा राखे।

१८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लखनउले सन्तुलित प्रदर्शन गर्दै लक्ष्य १९.३ ओभरमै पुरा गर्‍यो। एडन मारक्रमले ५८ तथा निकोलस पुरनले आक्रामक ६१ रन बनाए। कप्तान ऋषभ पन्तले २१ रन जोडे भने आयुस बाडोनी २८ रनमा नटआउट रहे। ६ खेलपछि दुबै टिमसँग ८–८ अंक भए पनि रन रेटका आधारमा लखनउ तेस्रो स्थानमा उक्लिएको छ भने गुजरात दोस्रो स्थानमै यथावत् छ।

शनिबारको दोस्रो खेलमा अहिले पञ्जाब किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने छन्।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले