२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

गुजरातको चार खेलको विजयी लयमा लखनउको झड्का


३० चैत्र २०८१, आइतबार  

51
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत शनिबार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको छ।

पछिल्ला चार खेलमा अपराजित रहेको गुजरातलाई यस पटक ३ बल बाँकी हुँदा लखनउले पराजित गरेको हो। खेलमा टस गुमाएर ब्याटिङमा झरेको गुजरातले प्रभावशाली सुरुआत गरे पनि अन्त्यतिर रनगति सुस्त भएपछि अपेक्षाकृत ठूलो योगफल खडा गर्न सकेन। निर्धारित २० ओभरमा उसले ६ विकेटको क्षतिमा १८० रन बनायो।

कप्तान शुभमन गिलले ३८ बलमा ६० रनको इनिङ्स खेले भने साइ सुदर्शनले ३७ बलमा ५६ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि १२० रनको साझेदारी भएको थियो, तर त्यसपछि टिमले बाँकी ओभरमा ६० रन मात्र जोड्न सक्यो। अन्य ब्याटरमध्ये सर्फन रुथफोर्डले २२, जोस बटलरले १६ तथा शाहरुख खानले अविजित ११ रन बनाए। लखनउका बलरहरू मध्ये सार्दुल ठाकुर र रभि विश्वइले समान २–२ विकेट लिएर गुजरातलाई नियन्त्रणमा राखे।

१८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लखनउले सन्तुलित प्रदर्शन गर्दै लक्ष्य १९.३ ओभरमै पुरा गर्‍यो। एडन मारक्रमले ५८ तथा निकोलस पुरनले आक्रामक ६१ रन बनाए। कप्तान ऋषभ पन्तले २१ रन जोडे भने आयुस बाडोनी २८ रनमा नटआउट रहे। ६ खेलपछि दुबै टिमसँग ८–८ अंक भए पनि रन रेटका आधारमा लखनउ तेस्रो स्थानमा उक्लिएको छ भने गुजरात दोस्रो स्थानमै यथावत् छ।

शनिबारको दोस्रो खेलमा अहिले पञ्जाब किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने छन्।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ