२३ माघ २०८२, बिहिबार । February 5, 2026

हैदराबादले रच्यो इतिहासः अभिषेक शर्माको शतकले दिलायो रोमाञ्चक जित



शनिबार राजीव गान्धी स्टेडियममा आयोजित आईपीएल खेलमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सविरुद्ध रोमाञ्चक जित निकाल्दै इतिहास रचेको छ।

२४६ रनको विशाल लक्ष्य पछ्याउँदै हैदराबादले १८.३ ओभरमै लक्ष्य पूरा गर्दै आइपिएलको इतिहासमा दोस्रो ठूलो रन चेज सफल बनाएको हो। हैदराबादका ओपनर अभिषेक शर्माले आफ्नो आइपिएल करियरको पहिलो शतक प्रहार गर्दै १४१ रनको विस्फोटक पारी खेले। उनले ट्र्याविस हेडसँग १७१ रनको सॉलिड साझेदारी गर्दै जितको आधार तयार पारे।

हेडले समेत आक्रामक खेल प्रस्तुत गर्दै ६७ रन बनाए। पन्जाब किंग्सका बलर हर्षल पटेलले ४ विकेट लिए तापनि हैदराबादको तिव्र आक्रमण रोक्न असफल रहे। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाब किंग्सका लागि कप्तान श्रेयस अय्यरले ८२ रनको सानदार पारी खेले। अन्य ब्याटरहरूले पनि योगदान दिँदै टोलीलाई २४५ रनको विशाल योगफलमा पुर्‍याए।

तर, उत्कृष्ट सुरुवात र ओपनिङ साझेदारीको बलमा हैदराबादले लक्ष्य सहजै भेट्टायो। यो जितसँगै उनले आइपिएल इतिहासमै दोस्रो ठूलो लक्ष्य पछ्याएर जित्ने कीर्तिमान राखेका छन्।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल