२६ बैशाख २०८२, शुक्रबार । May 10, 2025

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं



काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले शुक्रबार हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ।

आसाममा आत्मसमर्पण गरेका प्रसाईंलाई नेपाल प्रहरीको विशेष टोलीले आज(शुक्रबार) बिहान झापा ल्याएको हो। विमानस्थलमा बोर्डिङ प्रक्रिया पूरा गरेपछि प्रसाईं र उनका सुरक्षाकर्मी दीपक खड्का बुद्ध एअरको विमानमार्फत काठमाडौं ल्याइँदैछ।

विमान चढ्ने क्रममा प्रसाईंले संक्षिप्त प्रतिक्रिया दिँदै आफू पक्राउ परेरै नेपाल आएको स्वीकार गरेका छन्। उनलाई नेपाल ल्याउने अभियानमा नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो।

प्रसाईंलाई उच्च सुरक्षा व्यवस्थासहित काठमाडौं ल्याइँदैछ, जहाँ थप अनुसन्धान अघि बढाइनेछ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप