६ असार २०८३, शनिबार । June 20, 2026

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी


२८ चैत्र २०८१, शुक्रबार  

42
Shares

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक रूपमा नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका उच्च स्रोतका अनुसार, प्रसाईंलाई भारतको सीमा नजिकैबाट हस्तान्तरण गरी झापा हुँदै नेपाल भित्र्याइएको हो। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनीमाथि अनुसन्धान थालिएको हो। यसअघि उनको सचिवालयले प्रसाईंले भारतको आसाम राज्यमा आत्मसमर्पण गरेको जानकारी दिएको थियो।

त्यसपछि भारतीय प्रहरीले उनलाई सीमाक्षेत्रसम्म ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो। नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभएकाले दुई देशबीच आपसी समझदारीका आधारमा सीमाक्षेत्रमै व्यक्तिहरूको जिम्मा लगाउने अभ्यास रहँदै आएको छ। प्रसाईंको मामलामा पनि यही प्रक्रिया अपनाइएको हो।

शुरुआती खबरहरूमा भारतमै पक्राउ परेका भनिए पनि त्यसलाई नेपाल प्रहरीले अस्वीकार गर्दै सीमाक्षेत्रमै हस्तान्तरण गरिएको स्पष्ट पारेको छ। प्रसाईंलाई झापाको गलगलिया नाका हुँदै नेपाल ल्याइएको हो भने अब उनलाई भद्रपुर विमानस्थलबाट हवाईमार्गमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा