२ बैशाख २०८३, बुधबार । April 15, 2026

नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदका लागि आवेदन खुला, कक्षा ८ पासले पनि मौका पाउने


२८ चैत्र २०८१, शुक्रबार  

411
Shares

काठमाडौं । नेपाली सेनाले २६०० भन्दा बढी सैन्य पदहरूमा नयाँ भर्तीका लागि आवेदन खुला गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै स्वीकृत दरबन्दीअनुसार खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने जानकारी दिएको हो। सेनाले देशभरका तोकिएका भर्ना केन्द्रहरूमा आवेदन फारम बुझाउन आवेदकहरूलाई आग्रह गरेको छ। इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शैक्षिक योग्यताका हिसाबले कक्षा ८ पास गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको उचाइ कम्तीमा ५ फिट ३ इन्च तथा महिलाको हकमा ५ फिट हुनुपर्नेछ। सेनामा सेवा गर्ने चाहना भएकाहरूका लागि यो अवसर महत्वपूर्ण हुने भन्दै निर्देशनालयले समयमै आवेदन दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व