२४ बैशाख २०८२, बुधबार । May 7, 2025

रुसी पत्रकारहरूलाई ६ वर्षसम्मको जेल सजाय



एजेन्सी | रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको प्रतिबन्धित सङ्गठनसँग सम्बन्ध रहेको भन्दै चार स्वतन्त्र पत्रकारविरुद्ध पाँच वर्ष ११ महिनाको जेल सजायको माग गरेका छन्।

मस्कोको नागाटिन्स्की अदालतमा अभियोजनकर्ताले पत्रकार एन्टोनिना क्राभत्सोभा, कोन्स्टेन्टिन गाबोभ, सर्गेइ कारेलिन र आर्टेम क्रिगरमाथि ‘अतिवादी समूहमा संलग्न’ भएको आरोप लगाएका हुन्। उक्त अभियोगमा अधिकतम ६ वर्षको जेल सजाय हुन सक्ने व्यवस्था छ।

नाभाल्नीको सन् २०२३ मा आर्कटिक जेलमा रहस्यमय मृत्यु भएको केही महिनापछि उनीहरूलाई पक्राउ गरिएको थियो। क्राभत्सोभा स्वतन्त्र अनलाइन मिडिया सोटाभिजनका लागि नाभाल्नीसम्बन्धी विषयवस्तु कभरेज गर्दै आएकी थिइन्। गाबोभ र करेलिनले नाभाल्नीको सामाजिक सञ्जाल च्यानलका लागि सामग्री तयार पारेको आरोप छ, भने क्रिगरले राजनीतिक विरोध प्रदर्शनहरूलाई कभरेज गरेका थिए।

रुसले सन् २०२२ को युक्रेन आक्रमणपछि स्वतन्त्र मिडियामाथि व्यापक नियन्त्रण लागू गर्दै आलोचनात्मक आवाजलाई बन्द गर्न थालेको छ। धेरै स्वतन्त्र सञ्चारमाध्यमहरू विदेशबाट सञ्चालन गर्न बाध्य भएका छन्।

अदालतको सुनुवाइ बन्द ढोकामा गरिए पनि पत्रकारहरूले अभियोजन पक्षको सजाय मागबारे जानकारी बाहिर ल्याउन सफल भएका थिए। नाभाल्नीको सङ्गठनलाई ‘अतिवादी’ भनी प्रतिबन्ध लगाएको र त्यसपछि पनि त्यससँग जोडिएका व्यक्तिमाथि कारबाहीको क्रम जारी राखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले