४ असार २०८३, बिहिबार । June 18, 2026

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय


२७ चैत्र २०८१, बिहिबार  

45
Shares

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

प्रसाईको सचिवालयद्वारा सार्वजनिक गरिएको जानकारी अनुसार, उनले आफ्नो व्यक्तिगत सुरक्षाको लागि यस्तो निर्णय लिएका हुन्। सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “आज बिहान करिब २ घण्टा अघि हाम्रो अभियानका संयोजक श्री दुर्गा प्रसाईले आफ्नो सुरक्षालाई मध्यनजर गर्दै भारतको आसाम राज्यको प्रहरीसमक्ष स्वेच्छिक रूपमा आत्मसमर्पण गर्नु भएको छ।”

सचिवालयले थप स्पष्ट पारेको छ कि प्रसाईले यसअघि सार्वजनिक भिडियोमार्फत यदि सुरक्षाको प्रत्याभूति गरिन्छ भने २४ घण्टाभित्र उपस्थित हुने घोषणा गरेका थिए। “हिजोमात्रै हामीले भिडियोमार्फत हाम्रो सुरक्षाको ग्यारेन्टी भए हामी २४ घण्टाभित्र उपस्थित हुनेछौं भनेका थियौं, र आज त्यो अनुसार उहाँ उपस्थित हुनुभयो,” सचिवालयले उल्लेख गरेको छ।

सन्देशको अन्त्यमा सचिवालयले “जय देश, जय राष्ट्रवाद” को नारासहित राष्ट्रप्रेमको भावना व्यक्त गरेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा