५ बैशाख २०८३, शनिबार । April 19, 2026

डकवर्थ लुइस पद्धतिमा अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ को सान्त्वना जित


२६ चैत्र २०८१, बुधबार  

117
Shares

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो युथ एकदिवसीय खेलमा डकवर्थ लुइस नियमको आधारमा ८५ रनको सानदार जित हात पारेको छ।

बुधबार काठमाडौँको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा वर्षाले हस्तक्षेप गरेपछि नेपाल विजयी घोषित भएको हो। टस जितेर अफगानिस्तानले पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। नेपालका ओपनर साहिल पटेल र निरजकुमार यादवले उत्कृष्ट सुरुवात दिलाए।

यी दुईले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्दै नेपाललाई बलियो आधार दिएका थिए। निरजले ४२ रन (६ चौका, १ छक्का) बनाए भने साहिलले ४६ रन (४ चौका, १ छक्का) जोडे। कप्तान नरेन भट्टले २२ रन, दर्श सोनारले १० रन, र रोशन विश्वकर्माले आक्रामक २८ रनको योगदान दिए।

तर मध्य र तल्लो क्रमको कमजोर प्रदर्शनले गर्दा नेपालले निर्धारित ५० ओभर पुरा गर्न नसकी १९१ रनमै समेटियो। अफगानिस्तानका हसिफ जद्रानले १० ओभरमा २ मेडन सहित ४९ रन खर्चेर ४ विकेट लिए। जवाफमा ब्याटिङ गर्न उत्रिएको अफगानिस्तान यू–१९ सुरुवातमै संकटमा पर्यो। दयानन्द मण्डलले पहिलो बलमै उजाइरुल्लाह निएजाईलाई बोल्ड गरे भने दोस्रो ओभरमा विपिन शर्माले खालिद अहमदजाईलाई बोल्ड गर्दै अफगानिस्तानलाई दबाबमा राखे।

अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाउँदा वर्षाले खेल प्रभावित भयो। खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस पद्धतिअनुसार नेपाल विजेता घोषित भयो। नेपालका लागि अपराजित पौडेलले २ विकेट लिए भने दयानन्द, विपिन, सन्तोष यादव र अशोक धामीले समान १–१ विकेट लिए। हालसम्मको शृंखलामा अफगानिस्तानले पहिलो दुई खेल जित्दै श्रृंखला आफ्नो पक्षमा पारिसकेको थियो।

नेपालले यो तेस्रो खेल जित्दै सान्त्वना जीत हासिल गरेको हो। आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका रूपमा खेलिएको यो शृंखला अब आइतबारदेखि औपचारिक छनोट प्रतियोगितामा परिणत हुनेछ।

नेपालले यूएईसँग तल्लो मूलपानी मैदानमा र अफगानिस्तानले ओमानसँग माथिल्लो मूलपानी मैदानमा छनोट अभियानको सुरुवात गर्नेछन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित