२६ बैशाख २०८२, शुक्रबार । May 10, 2025

डकवर्थ लुइस पद्धतिमा अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ को सान्त्वना जित



काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो युथ एकदिवसीय खेलमा डकवर्थ लुइस नियमको आधारमा ८५ रनको सानदार जित हात पारेको छ।

बुधबार काठमाडौँको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा वर्षाले हस्तक्षेप गरेपछि नेपाल विजयी घोषित भएको हो। टस जितेर अफगानिस्तानले पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। नेपालका ओपनर साहिल पटेल र निरजकुमार यादवले उत्कृष्ट सुरुवात दिलाए।

यी दुईले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्दै नेपाललाई बलियो आधार दिएका थिए। निरजले ४२ रन (६ चौका, १ छक्का) बनाए भने साहिलले ४६ रन (४ चौका, १ छक्का) जोडे। कप्तान नरेन भट्टले २२ रन, दर्श सोनारले १० रन, र रोशन विश्वकर्माले आक्रामक २८ रनको योगदान दिए।

तर मध्य र तल्लो क्रमको कमजोर प्रदर्शनले गर्दा नेपालले निर्धारित ५० ओभर पुरा गर्न नसकी १९१ रनमै समेटियो। अफगानिस्तानका हसिफ जद्रानले १० ओभरमा २ मेडन सहित ४९ रन खर्चेर ४ विकेट लिए। जवाफमा ब्याटिङ गर्न उत्रिएको अफगानिस्तान यू–१९ सुरुवातमै संकटमा पर्यो। दयानन्द मण्डलले पहिलो बलमै उजाइरुल्लाह निएजाईलाई बोल्ड गरे भने दोस्रो ओभरमा विपिन शर्माले खालिद अहमदजाईलाई बोल्ड गर्दै अफगानिस्तानलाई दबाबमा राखे।

अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाउँदा वर्षाले खेल प्रभावित भयो। खेल पुनः सुरु हुन नसकेपछि डकवर्थ लुइस पद्धतिअनुसार नेपाल विजेता घोषित भयो। नेपालका लागि अपराजित पौडेलले २ विकेट लिए भने दयानन्द, विपिन, सन्तोष यादव र अशोक धामीले समान १–१ विकेट लिए। हालसम्मको शृंखलामा अफगानिस्तानले पहिलो दुई खेल जित्दै श्रृंखला आफ्नो पक्षमा पारिसकेको थियो।

नेपालले यो तेस्रो खेल जित्दै सान्त्वना जीत हासिल गरेको हो। आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका रूपमा खेलिएको यो शृंखला अब आइतबारदेखि औपचारिक छनोट प्रतियोगितामा परिणत हुनेछ।

नेपालले यूएईसँग तल्लो मूलपानी मैदानमा र अफगानिस्तानले ओमानसँग माथिल्लो मूलपानी मैदानमा छनोट अभियानको सुरुवात गर्नेछन्।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप