४ बैशाख २०८२, बिहिबार । April 17, 2025

आज चैत्र शुक्ल एकादशी, कामना पूर्तिको प्रतीक ‘कामदा एकादशी’ व्रत



काठमाडौं । आज मंगलबार चैत्र शुक्ल पक्षको एकादशी तिथी परेको छ ।

हिन्दू धर्ममा विशेष महत्व राख्ने यस एकादशीलाई कामदा एकादशी भनिन्छ। धार्मिक शास्त्र अनुसार, यस व्रतको श्रद्धापूर्वक पालन गरे मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। पञ्चाङ्ग अनुसार, एकादशी तिथि बुधबार राति ११ः३७ बजेसम्म अर्थात् ४४ घडी ३० पला कायम रहनेछ। यस अवधिमा विधिपूर्वक भगवान् विष्णुको आराधना गर्ने परम्परा छ।

कामदा एकादशीलाई विष्णुभक्तहरूले विशेष पूजा, व्रत, कथा पाठ तथा भजनकीर्तन गरेर मनाउने गर्छन्। एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो, जुन वर्षभर २४ पटक शुक्ल र कृष्ण पक्षमा दोहोरिन्छ। प्रत्येक एकादशीको आ–आफ्नो महिमा, कथा र फल हुन्छ, जसको वर्णन विभिन्न पुराणहरूमा पाइन्छ। यस दिन अन्न, मासुजन्य परिकार, मसुरे र दुई दल भएका परिकार नखाने परम्परा छ।

कतिपय भक्तजनहरू दिनभर निराहार बस्ने या बेलुकी एक छाक फलाहार वा रोटी सेवन गर्ने गर्दछन्। वैष्णव परम्परामा त विशेषरूपमा एकादशीलाई पवित्र दिन मानिन्छ र यसको पालन अनिवार्यजस्तै गरिन्छ।

पारिवारिक सुख, मनको शान्ति र इच्छाको पूर्तिको कामना लिएर श्रद्धालुहरूले आज देशभर विभिन्न मन्दिरहरूमा पूजाआजा गर्दै एकादशी व्रत मनाइरहेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख