४ बैशाख २०८२, बिहिबार । April 17, 2025

लुम्बिनीमा पिकअप भ्यान दुर्घटनाः दुईको मृत्यु, २२ जना घाइते



रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ अन्तर्गत भरवलिया गाउँमा सोमबार साँझ एक पिकअप भ्यान दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।

दुर्घटनामा एक १२ वर्षीया बालिका र एक ४८ वर्षीया महिला मारिएका छन्। शिवगढिया मोड नजिक लु१च २७६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी जानमती यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।

घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। दुर्घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा रहेको पिकअप भ्यान मोडमा अनियन्त्रित भई पल्टिएको थियो।

भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्किंदै थिए। प्रहरीका अनुसार उक्त पिकअप भ्यान सामान ढुवानीका लागि प्रयोग गरिने सवारी भए पनि क्षमताभन्दा धेरै यात्रु बोकेको कारण दुर्घटना भएको हो। घटनापछि सवारी चालक कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवाका २६ वर्षीय अशोक पासीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

अत्यधिक भारका कारण सन्तुलन गुमाएर भ्यान पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग