२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

काठमाडौंमा वायु प्रदूषण खतराको तहमा, सतर्क रहन आग्रह


२३ चैत्र २०८१, आइतबार  

30
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण एकसाता यता अति अस्वस्थकर अवस्थामा पुगेको छ।

आइतबार बिहान ‘आईक्यू एअर’ले गरेको मापनअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २११ पुगेको छ, जुन मानकअनुसार अत्यन्त अस्वस्थकर श्रेणीमा पर्छ। विश्वका अत्यधिक प्रदूषित शहरहरूमा काठमाडौं दोस्रो स्थानमा परेको छ, जहाँ भारतको दिल्ली २९० एक्यूआईसहित पहिलो स्थानमा छ।

तेस्रो स्थानमा भने पाकिस्तानको लाहोर १९९ एक्यूआईका साथ परेको छ। पछिल्लो समय वर्षा नहुनु, डढेलोबाट फैलिएको धुवाँ र धुलोका कारण उपत्यकाको आकाशमा प्रदूषणको मात्रा झनै बढेको जनाइएको छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार ०–५० बीचको एक्यूआई मात्र स्वास्थ्यका लागि सुरक्षित मानिन्छ।

तर काठमाडौंको स्थिति निकै चिन्ताजनक बनेपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ। अनावश्यक रूपमा घर बाहिर ननिस्कन, र बाहिर निस्कनै परेमा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ