५ बैशाख २०८३, शनिबार । April 19, 2026

आईपीएल २०२५: लखनउको शानदार जित, मुम्बई १२ रनले पराजित


२२ चैत्र २०८१, शनिबार  

39
Shares

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आफ्नो दोस्रो जित दर्ता गर्न सफल भएको छ।

शुक्रबार सम्पन्न हाइ स्कोरिङ र रोमाञ्चक खेलमा लखनउले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गर्दै महत्वपूर्ण अंक थपेको हो। पहिले ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनायो। मिचेल मार्शले दमदार प्रदर्शन गर्दै ६० रनको योगदान दिए भने एइडेन मार्करमले ५३ रन बनाए।

मुम्बईका तर्फबाट कप्तान हार्दिक पान्ड्याले उत्कृष्ट बलिङ गर्दै ५ विकेट झारे, उनले ४ ओभरमा ३६ रन खर्चिए। अन्य बलरहरू ट्रेन्ट बोल्ट, अश्वनी कुमार र विग्नेश पुथुरले १-१ विकेट लिए। २०४ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो। सुर्यकुमार यादवले उत्कृष्ट अर्धशतक जड्दै ४३ बलमा ६७ रन बनाए, तर टिमलाई जितसम्म पुर्‍याउन सकेनन्।

हार्दिक पान्ड्या २८ रनमा अविजित रहँदा तिलक वर्मा २५ रनमा रिटायर्ड आउट भए। खेलको निर्णायक मोड अन्तिम दुई ओभरमा देखियो। मुम्बईलाई १२ बलमा २९ रन आवश्यक परेको अवस्थामा शार्दुल ठाकुरले १९औं ओभरमा उत्कृष्ट बलिङ गर्दै मात्र ७ रन दिए। अन्तिम ओभरको सुरुआतमा छक्का आएपनि त्यसपछिका बलमा दबाब कायम राख्न लखनउ सफल रह्यो।

बलिङतर्फ लखनउका शार्दुल ठाकुर, आकाश दीप, दिग्वेश राथी र आवेश खानले समान रूपमा १-१ विकेट लिए। यस जितपछि लखनउले ४ खेलबाट ४ अंक जोड्दै अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ भने मुम्बई २ अंकसहित सातौं स्थानमा सीमित छ।

लिगको मध्य चरणमा प्रवेश गरिरहँदा दुवै टोलीका लागि आगामी खेलहरू निर्णायक बन्ने निश्चित देखिन्छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित