९ बैशाख २०८२, मंगलबार । April 22, 2025

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको हो भने यसको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित वरपरका जिल्लाहरूमा पनि स्पष्ट रुपमा महसुस गरिएको थियो। स्थानीयवासीहरू घर बाहिर निस्कँदा केही समयको लागि त्रासको अवस्था सिर्जना भएको थियो।

यसअघि बिहीबार दार्चुलाको अपी हिमाल आसपास ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही दिनअघि चैत १३ गते हुम्ला जिल्लाको कालिका क्षेत्र केन्द्रबिन्दु बनाउँदै ४.५ म्याग्निच्युडको अर्को भूकम्प पनि गएको थियो। साता दिनमै तीन पटक लगातार भूकम्प गएपछि पश्चिम तथा सुदूर पश्चिम क्षेत्रका बासिन्दामा चिन्ता थपिएको छ।

भूगर्भविद्हरूले सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विद्यालयको चावी बोकेर कर्मचारी पनि आन्दोलमा ! पेचिलो बन्दै शिक्षक आन्दोलन

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनमा कडाइ ल्याउँदै सबै

लिग–२ को तयारीमा नेपाल, ५२ खेलाडीसहित ‘कोर क्याम्प’ सुरु गर्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी विश्वकप

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार, सेयर बजारमा ९.९६ अंकको गिरावट आएको छ।

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई