८ बैशाख २०८२, सोमबार । April 22, 2025

ओली–मोदी भेट : नेपाल–भारत सम्बन्धलाई प्राथमिकता दिएको मोदीको भनाइ



काठमाडौं । थाइल्याण्डको बैंककमा सम्पन्न छैटौँ बिमस्टेक शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटपछि सामाजिक सञ्जालमार्फत मोदीले प्रधानमन्त्री ओलीसँगको भेटलाई ‘फलदायी’ भन्दै भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले लेखेका छन्, “बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रहरूमा विस्तृत छलफल गर्यौं। साथै, बिमस्टेक सम्मेलनबाट प्राप्त सकारात्मक नतिजा—विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रमा पनि विचारविमर्श गर्यौं।”

यो भेटवार्ता प्रधानमन्त्री ओलीको हालको कार्यकालमा भारतीय समकक्षीसँगको दोस्रो औपचारिक संवाद हो। यसअघि संयुक्त राष्ट्रसंघको महासभाको क्रममा अमेरिकामा दुई नेताबीच साइडलाइन बैठक भएको थियो।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ५ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक आन्दोलनको २० दिनमा शिक्षामन्त्रीले घुँडा टेकिन ! अन्ततः आयो राजीनामा

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरुले राजधानी केन्द्रित

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक

रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी

गभर्नर नियुक्तिसम्बन्धी रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । गभर्नर नियुक्तिसम्बन्धी उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध दायर

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण