१२ बैशाख २०८२, शुक्रबार । April 25, 2025

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पदमुक्त



काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदमुक्त गरेको छ। सैनिक ‘कू’ गर्ने घोषणाका कारण उनलाई महाभियोग लगाइएको थियो, र शुक्रबार अदालतको निर्णयपछि उनी पदबाट हटािएका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार, संवैधानिक अदालतका आठ सदस्यहरूले एकमत रायमा योलमाथिको महाभियोग सदर गर्दै पदमुक्त गर्ने निर्णय दिएका थिए। यस निर्णयसँगै, दक्षिण कोरियामा आगामी ६० दिन भित्र नयाँ राष्ट्रपति चयन गर्नको लागि आम निर्वाचन गर्नुपर्नेछ।

राष्ट्रपति योलले गत डिसेम्बरमा सैनिक कानुन घोषणा गरेका थिए, जुन संसदले चाँडै उल्ट्याइदिएको थियो। त्यसपछि, योलको कदम लोकतन्त्रविरोधी भएको भन्दै संसदले महाभियोग अघि बढाएको थियो।

दक्षिण कोरियामा संसदबाट लगाएको महाभियोगमा अन्तिम फैसला संवैधानिक अदालतले नै गर्छ। योलको महाभियोग सदर भएपछि, कार्यवाहक राष्ट्रपति हान डक सूको जिम्मेवारी पुनः बहाल भएको छ। अब उनले ६० दिनभित्र देशभर निर्वाचनको प्रक्रिया अघि बढाउनेछन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै

कश्मिर रक्ताम्मे ! सीमा क्षेत्रमा गोली हानाहान

एजेन्सी । भारत र पाकिस्तानबीचको तनाव झनै चर्किएको छ। बिहीबार

मेटाको दम्भसहितको फिर्ती ! सरकारले दियो ७ दिने अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मेटालाई