२७ बैशाख २०८२, शनिबार । May 10, 2025

तीनकुनेबाट फरार दुर्गा प्रसाईंको गाडी इटहरीमा फेला



काठमाडौं । तीनकुने प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं सवार गाडी इटहरीमा फेला परेको छ।

बिएबी–४२०८ नम्बरको स्कोर्पियो गाडी इटहरीमा भेटिएपछि उपत्यका प्रहरी कार्यालयले काठमाडौँ ल्याएको उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले जानकारी दिए। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित टोलीले गाडीका धनी मुकुन्द दाहाललाई पक्राउ गरेको छ। उनी कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीका बासिन्दा हुन्।

प्रहरीले हाल उनीमाथि अनुसन्धान गरिरहेको छ। तीनकुनेबाट प्रसाईं सवार उक्त गाडी ईश्वर विकले चलाएका थिए। चालक विकले प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा पुर्‍याएको बयान प्रहरीसमक्ष दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप