२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

विश्वकपका लागि अतिरिक्त शुल्क नलिन सर्वोच्चको आदेश



काठमाडौं । सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

मंगलबार बसेको न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धि रिटको सुनुवाई गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । मंसीर ४ गतेबाट सुरु हुने विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछि अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालको कुनै पनि कानुनले त्यसरी दर्शकका लागि अरिरिक्त शुल्क लिन पाउने व्यवस्था नगरेकाले त्यसलाई रोक्नका लागि आफूहरुले सर्वोच्च अदालतमा रिट दिएको र निर्णय कार्यान्वयन नगर्न, नगराउन अल्पकालिन अन्तरिम आदेश जारी भएको अभिवक्ता किशोर पौडेलले बताए । रिटमा मिडिया हब प्रालि, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, टेलिभिजन सिग्नल सेवा प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज प्रालि, भायोनेट कम्युनिकेशन प्रालि, एडप्याड एक्युजिशन प्रालिलाई विपक्ष बनाइएको थियो ।

यता मिडिया हबले भने अनुमति लिनका लागि करिव ४० करोड बराबरको खर्च भएकाले सो शुल्क लगाउने निर्णय गर्नु परेको बताउँदै आएको छ । मुद्दाको फैसला यही कात्तिक २७ गते लाग्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर