२३ माघ २०८२, बिहिबार । February 5, 2026

खुल्दैछन् लैङ्गिक र यौनिक अल्पसंख्यक: अधिकार र समावेशिताका लागि संघर्ष



पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण लामो समयदेखि लुकेर बसेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू अहिले खुल्न थालेका छन्।

पछिल्लो समय, यौनिक अल्पसङ्ख्यक नागरिकहरूको संख्या बढ्दै गएपछि, पाल्पामा २२ जना यस्ता नागरिकहरू खुलेर आएका छन्। साहसी कदम नेपाल र तानसेन नगरपालिकाको सहयोगमा आयोजित एक अन्तरक्रिया कार्यक्रमले यस समुदायका सदस्यहरूलाई आफ्नो पहिचान र अधिकारबारे खुलेर बोल्न प्रोत्साहित गरेको छ। यद्यपि, यस समुदायको अधिकार प्राप्तिका लागि संघर्ष भने जारी छ।

संस्थाका अध्यक्ष हसिना क्षेत्रीका अनुसार, यौनिक अल्पसङ्ख्यक समुदायले लडाइँको हिस्सा बनिसकेको छ र पहिचानका साथ बाहिर आउने वातावरण बनिरहेको छ। तथापि, राज्यका नीतिहरू र कार्यान्वयनले अझै समस्याहरू सिर्जना गरिरहेका छन्। कार्यक्रम निर्देशक रेसम न्यौपानेले नागरिकता, विवाह र सम्पत्ति अधिकारमा हुने विभेदको बारेमा गुनासो गर्दै भने, “हामीलाई कानुनी अधिकार दिइएन भने हाम्रो संघर्ष निरन्तर रहनेछ।”

स्थानिय सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा सिञ्जालीले यौनिक अल्पसङ्ख्यक समुदायका समस्याहरूलाई सम्झ्दै, यस समुदायका अधिकार सुनिश्चित गर्न र सुधारको कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल