२९ बैशाख २०८२, सोमबार । May 12, 2025

खुल्दैछन् लैङ्गिक र यौनिक अल्पसंख्यक: अधिकार र समावेशिताका लागि संघर्ष



पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण लामो समयदेखि लुकेर बसेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू अहिले खुल्न थालेका छन्।

पछिल्लो समय, यौनिक अल्पसङ्ख्यक नागरिकहरूको संख्या बढ्दै गएपछि, पाल्पामा २२ जना यस्ता नागरिकहरू खुलेर आएका छन्। साहसी कदम नेपाल र तानसेन नगरपालिकाको सहयोगमा आयोजित एक अन्तरक्रिया कार्यक्रमले यस समुदायका सदस्यहरूलाई आफ्नो पहिचान र अधिकारबारे खुलेर बोल्न प्रोत्साहित गरेको छ। यद्यपि, यस समुदायको अधिकार प्राप्तिका लागि संघर्ष भने जारी छ।

संस्थाका अध्यक्ष हसिना क्षेत्रीका अनुसार, यौनिक अल्पसङ्ख्यक समुदायले लडाइँको हिस्सा बनिसकेको छ र पहिचानका साथ बाहिर आउने वातावरण बनिरहेको छ। तथापि, राज्यका नीतिहरू र कार्यान्वयनले अझै समस्याहरू सिर्जना गरिरहेका छन्। कार्यक्रम निर्देशक रेसम न्यौपानेले नागरिकता, विवाह र सम्पत्ति अधिकारमा हुने विभेदको बारेमा गुनासो गर्दै भने, “हामीलाई कानुनी अधिकार दिइएन भने हाम्रो संघर्ष निरन्तर रहनेछ।”

स्थानिय सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा सिञ्जालीले यौनिक अल्पसङ्ख्यक समुदायका समस्याहरूलाई सम्झ्दै, यस समुदायका अधिकार सुनिश्चित गर्न र सुधारको कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व

अमेरिकी डलरको भाउ आज स्थिर, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको