२१ मंसिर २०८२, शनिबार । December 6, 2025

निर्देशक भट्टराईमाथि छानबिन शुरु, स्काउट शुद्धीकरण अभियानको अनसन स्थगित



काठमाडौं । नेपाल स्काउटमा देखिएका अनियमितता, अपारदर्शिता र अराजक गतिविधिहरूको विरुद्धमा शुरु गरिएको शुद्धीकरण अभियानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ।

स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानबिन प्रक्रिया शुरु भएपछि अभियानले स्काउट प्राङ्गणमा सुरु गरेको आमरण अनसन स्थगित गरेको हो। शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानबिनको माग गर्दै चैत्र १ गतेदेखि रिले अनसन शुरु गरेको थियो, र पछि चैत्र १३ गते आमरण अनसनमा प्रवेश गरेको थियो। भट्टराईमाथि आर्थिक अनियमितता र यौन दुर्व्यवहारका गम्भीर आरोपहरू लागेका छन्, जसको विरोधमा शुद्धीकरण अभियानले आन्दोलन गरेका थिए।

यसैबीच, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई फागुन ६ गते ज्ञापनपत्र बुझाएर भट्टराईमाथि छानबिनको माग गरिएको थियो। तर, चैत्र १७ गते शुद्धीकरण अभियान र युवा तथा खेलकुद मन्त्रालय बीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। समितिको संयोजकत्वमा मन्त्रालयका सहसचिव सुवाशचन्द्र शिवाकोटी नियुक्त गरिएको थियो, जसको सदस्यमा उपसचिव रमा भट्टराई, नेपाल स्काउटका प्रतिनिधि आशिक कार्की, तरुण रञ्जन दत्त र विदुर गिरी रहेका छन्।

समितिले छानबिन प्रक्रिया पूरा नहुञ्जेल भट्टराईलाई निर्देशकको जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेको छ। शुद्धीकरण अभियानले अबका सबै आन्दोलन कार्यक्रम स्थगित गर्ने र नेपाल स्काउटको सिद्धान्त र मूल मर्मलाई स्थापित गर्नका लागि सरोकारवाला समक्ष अपिल गर्ने सहमति गरेको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको