४ आश्विन २०८३, आइतबार । September 20, 2026

नेपाल र थाइल्याण्ड बीच पर्यटन, संस्कृति र व्यापारमा नयाँ सम्झौतामा हस्ताक्षर


१९ चैत्र २०८१, बुधबार  

21
Shares

बैंकक । नेपाल र थाइल्याण्ड बीच आज पर्यटन, संस्कृतिसँग सम्बन्धित दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा यी समझदारीपत्रमा हस्ताक्षर भएका हुन्।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समझदारीपत्रमा हस्ताक्षर गरिन् भने थाइल्याण्डको तर्फबाट संस्कृतिसम्बन्धी सम्झौतामा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतामा पर्यटन मन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरे।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसले नेपाल र थाइल्याण्ड बीचको व्यापारिक सम्बन्धलाई सुदृढ गर्दै, आर्थिक सहकार्य र व्यापार विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ।

थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ ‘बिम्स्टेक’ सम्मेलनको अवसरमा प्रधानमन्त्री ओली नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बैंकक पुगेका थिए।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली