६ बैशाख २०८३, आइतबार । April 19, 2026

लुटपाटबाट भाटभटेनी बचाएका सुरक्षागार्डलाई ५ लाख पुरस्कार


१९ चैत्र २०८१, बुधबार  

57
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले कोटेश्वरस्थित भाटभटेनीमा कार्यरत सुरक्षागार्ड कृष्णप्रसाद पराजुलीलाई विशेष कार्यक्रम मार्फत सम्मानित गरेका छन्।

बुधबार आयोजित एक समारोहमा, गुरुङले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको पुरस्कारसहित सम्मान गरेका हुन्। यो सम्मान सुरक्षागार्ड पराजुलीको साहसिक कार्यको मूल्यांकन स्वरूप दिइएको हो।

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका दौरान केही व्यक्तिहरू भाटभटेनी सुपरमार्केटमा चोरीमा संलग्न भएका थिए। जब अन्य प्रदर्शनकारीहरू प्रहरीसँग झडपमा संलग्न थिए, पराजुलीले लुटपाटमा संलग्नलाई लट्ठीको सहायताले पक्रेर लखेटेका थिए।

उक्त घटना सामाजिक सञ्जालमा भाइरल भएपछि पराजुलीको साहसिकता र निष्ठालाई व्यापक सराहना प्राप्त भएको थियो।

त्यसैगरी, कार्यक्रमको क्रममा ड्युटीमा रहेका अन्य दुई सुरक्षागार्डलाई पनि जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको थियो।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित