२३ माघ २०८२, बिहिबार । February 5, 2026

तीनकुने घटनाः पत्रकार रजकको शरीरमा गोली भेटिएन, पोस्टमार्टमको प्रक्रिया अघि बढ्यो



काठमाडौं । तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनका क्रममा आगलागीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको कुनै निशान नभेटिएको छ।

मंगलबार साँझ गरिएको एक्सरे परीक्षणपछि यस्तो पुष्टि भएको हो, जसका आधारमा शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। रजक एभिन्युज टेलिभिजनका पत्रकार थिए। गत १५ चैतमा तीनकुनेस्थित एक निजी घरमा प्रदर्शनसम्बन्धी भिडियो खिच्ने क्रममा उनी आगलागीमा फसेका थिए। हाल उनको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

रजकका परिवारजनले घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने, उनलाई सहिद घोषणा गर्नुपर्ने, तथा उचित क्षतिपूर्तिको माग गरेका छन्। यसैबीच, तीनकुने घटनामा ज्यान गुमाएका अर्का व्यक्ति, कीर्तिपुरका सविन महर्जनको मंगलबार साँझ पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल