२९ चैत्र २०८१, शनिबार । April 12, 2025

आईपीएलः प्रभसिमरन र श्रेयसको अर्धशतकले पञ्जाबलाई लगातार दोस्रो जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले उत्कृष्ट लय कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै पञ्जाबले अंकतालिकामा दोस्रो स्थान ओगटेको छ। १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि प्रभसिमरन सिंहले तिव्र गतिमा रन जोडे। उनले २३ बलमै अर्धशतक पूरा गर्दै ९ चौका र ३ छक्कासहित ६९ रनको विस्फोटक इनिङ खेले।

कप्तान श्रेयस अय्यरले संयमित खेल्दै अविजित ५२ रन बनाए भने नेहाल वधेरा ४३ रनमा नटआउट रहे। पञ्जाबले १६ दशमलव २ ओभरमै लक्ष्य पूरा गर्दै ८ विकेटको सहज जित निकालेको हो। लखनउका लागि दिग्वेश राथीले मात्र २ विकेट हात पारे, भने अन्य बलरहरू विकेटविहीन रहे।

टस गुमाएर पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७१ रनको योगफल खडा गर्‍यो। निकोलस पूरनले सर्वाधिक ४४ रन बनाए भने आयुष बदोनीले ४१, एइडेन मार्करमले २८, र अब्दुल समादले २७ रनको योगदान दिए। २ खेलमा लगातार २ जितसहित पञ्जाब ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।

लखनउ भने ३ खेलमा १ जित र २ हारसहित २ अंकमा सीमित रहँदै छैटौं स्थानमा झरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक