६ बैशाख २०८३, आइतबार । April 19, 2026

पत्रकार सुरेश रजकको एक्स–रे भयो, पोस्टमार्टम भोली


१८ चैत्र २०८१, मंगलबार  

111
Shares

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको एक्स–रे प्रक्रिया पूरा भएको छ।

त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शवको पोस्टमार्टम एक्स–रे रिपोर्ट आएपछि मात्रै सुरु गरिने चिकित्सकहरूले बताएका छन्। चिकित्सकका अनुसार रिपोर्ट बुधबार बिहान १० बजे आउने अपेक्षा गरिएको छ, जसपछि पोस्टमार्टम सुरु गरिनेछ। रजकको निधनपछि गोली लागेको हल्ला फैलिएपछि अस्पतालले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने निर्णय गरेको थियो।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमहरूले रजकलाई गोली लागेको दाबी गरेपछि प्रहरीले विज्ञप्ति जारी गर्दै यस्ता खबर भ्रामक भएको र कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यसैबीच, पोस्टमार्टमका लागि पठाइएका अर्का व्यक्ति सविन महर्जनको पोस्टमार्टम पूरा भएको छ। प्रहरी स्रोतका अनुसार उनको शरीरमा गोली लागेको पुष्टि भएको छ।

गोली दायाँ हातको कुहिनो नजिक छिरेर कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित