२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

पत्रकार सुरेश रजकको एक्स–रे भयो, पोस्टमार्टम भोली



काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको एक्स–रे प्रक्रिया पूरा भएको छ।

त्रिवि शिक्षण अस्पतालमा राखिएको उनको शवको पोस्टमार्टम एक्स–रे रिपोर्ट आएपछि मात्रै सुरु गरिने चिकित्सकहरूले बताएका छन्। चिकित्सकका अनुसार रिपोर्ट बुधबार बिहान १० बजे आउने अपेक्षा गरिएको छ, जसपछि पोस्टमार्टम सुरु गरिनेछ। रजकको निधनपछि गोली लागेको हल्ला फैलिएपछि अस्पतालले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने निर्णय गरेको थियो।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमहरूले रजकलाई गोली लागेको दाबी गरेपछि प्रहरीले विज्ञप्ति जारी गर्दै यस्ता खबर भ्रामक भएको र कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यसैबीच, पोस्टमार्टमका लागि पठाइएका अर्का व्यक्ति सविन महर्जनको पोस्टमार्टम पूरा भएको छ। प्रहरी स्रोतका अनुसार उनको शरीरमा गोली लागेको पुष्टि भएको छ।

गोली दायाँ हातको कुहिनो नजिक छिरेर कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाइँलाई हवाईमार्गमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं | भारतको आसाम राज्यमा आत्मसमर्पण गरेका दुर्गा प्रसाइँलाई आज

गर्मीमा छालाको टोनिङ हटाउन घरेलु उपायहरू: प्राकृतिक सौन्दर्यको राज

काठमाडौं । गर्मी याममा छालाको उचित हेरचाह अनिवार्य हुन्छ। कडा

‘पिताम्बर’ र ‘कर्मा’, एक्सन प्रेमीका लागि दुई नयाँ नेपाली फिल्म रिलिज

काठमाडौं | दुई बहुप्रतीक्षित नेपाली एक्सन फिल्महरू ‘पिताम्बर’ र ‘कर्मा’

गणतन्त्रको पक्षमा बुटवलमा एमालेको शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने

बुटवल | प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

रुसी पत्रकारहरूलाई ६ वर्षसम्मको जेल सजाय

एजेन्सी | रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको प्रतिबन्धित सङ्गठनसँग